समाज

संघ, प्रदेश र स्थानीय तहका रिक्त पदमा मंसिर १४ गते निर्वाचन

हिमालय टिभी
२०७६ साउन १८ गते ६:४२
संघ, प्रदेश र स्थानीय तहका रिक्त पदमा मंसिर १४ गते निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा आगामी मंसिर १४ गते निर्वाचन गर्ने भएको छ ।

शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो ।

संघीय सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनभएपछि कास्की–२ रिक्त छ । तारा सुब्बाको मुत्युभएपछि धरान उपमहानगरपालिका प्रमुखविहीन छ ।

निर्वाचित वडाध्यक्ष नै वैदेशिक रोजगारीमा हिँडेपछि संखुवासभाको खाँदबारी नगरपालिकाको वडा नम्बर ५ अध्यक्षविहीन छ । तीनै तहमा गरी ५० कार्यकारी पद रिक्त छन् । वडाध्यक्ष ४२, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष ३, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ पद रिक्त छन्  ।

वडा सदस्य ४ सय १५, महिला सदस्य २ सय ११, दलित महिला सदस्य २ सय ३८ र ३९ कार्यपालिका सदस्यको पनि पदपूर्ति गर्नुपर्नेछ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन निर्वाचन आयोगलाई निर्देशन दिएको थियो ।

यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५० स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुनअनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ वटा राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्