समाज

काठमाडौंमा प्रदेश ३ को सञ्चार रजिष्ट्रार कार्यालय स्थापना

हिमालय टिभी
२०७६ साउन १६ गते १२:१०
काठमाडौंमा प्रदेश ३ को सञ्चार रजिष्ट्रार कार्यालय स्थापना

काठमाडौं । प्रदेश ३ को सञ्चार रजिष्ट्रार कार्यालयले काठमाडौंमा सम्पर्क कार्यालय खोलेर काम थालेको छ ।

प्रदेश ३ का आन्तारिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले सम्पर्क कार्यालय उदघाटन गर्दै पत्रकारलाई परिचयपत्र वितरणको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारहरुले आफ्नो पेशागत विवरण आफैँले भरेर परिचयपत्रका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने जानकारी दिनुभयो ।

संघीय सरकारको सूचना तथा प्रसारण विभागले गर्ने काम प्रदेशमा सञ्चार रजिष्टारले गर्ने व्यवस्था छ ।

सञ्चार रजिष्ट्रारले एफएम रडियो, टेलिभिजन र पत्रपत्रिका सन्चालनको अनुमतिपत्र प्रदान गर्ने, नवीकरण र नियमन गर्ने तथा पत्रपत्रिका, अनलाइन सन्चारमाध्यम लगायत सबै सञ्चारमाध्यमको अभिलेख राख्ने काम गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्