आर्थिक

निगमलाई जापानको नारितामा चार्टर्ड उडान अनुमति

हिमालय टिभी
२०७६ साउन १६ गते ११:२५
निगमलाई जापानको नारितामा चार्टर्ड उडान अनुमति

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ ।

जापानको ओशाकामा सेड्यूल फ्लाइटको अनुमति पाएको निगमले भदौ दोस्रो सातादेखि नियमित उडान थाल्दैछ । ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । चार्टर्ड उडानको अनुमति पाएका नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ ।

जापानको राजधानी टोकियो प्रवेश गर्ने मूख्य हवाईद्वार नारिता हो । निगमले अबको दुई महिनापछि चार्टर्ड उडान गर्ने गरी अनुमति पाएको निगमले जनाएकोछ । निगमले नारितामा सेड्यूल फ्लाइट गर्न खोजे पनि जापानले अनुमति दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *