समाज

रोजगार कार्यक्रमप्रतिको आलोचनाविरुद्ध काम गरेर देखाइदिन्छौंः मन्त्री विष्ट

हिमालय टिभी
२०७६ साउन १६ गते ११:००
रोजगार कार्यक्रमप्रतिको आलोचनाविरुद्ध काम गरेर देखाइदिन्छौंः मन्त्री विष्ट

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति भएको आलोचनालाई काम गरेर देखाइने दावी गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रगतीबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा मन्त्री विष्टले हजारौ राम्रा कामलाई ओझेलमा पारेर सानो अंशलाई आलोचनाको विषय बनाएको गुनासो गर्नुभयो ।

रोजगारी सिर्जनामार्फत नागरिकको जीवनस्तर परिवर्तन गर्ने चुनौतिपूर्ण कामलाई सरकारले खुला रुपमा स्वीकार गरेको उहाँले दावी गर्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका क्रममा ५ सय ९९ स्थानीय तहका ६ हजार ८ सय ६४ सामुदायिक आयोजनामा १ लाख ७५ हजार ९ सय ९ जनाले रोजगारी पाएको मन्त्रालयले जनाएको छ ।

यसमा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएका छन् । स्थानीय तहमा यो कार्यक्रम सञ्चालनका लागि ५ लाख रुपैयाँ भन्दा कम र १ करोड रुपैयाँ भन्दा माथि नबढ्नेगरी सशर्त अनुदान हस्तान्तरण गरिएको थियो ।

यसका लागि मन्त्रालयले गरिब घरधुरी संख्या, जनसंख्या र दुर्गमतालाई मापदण्ड बनाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा झार गोड्ने र गाइवस्तु धपाउने काम गरेर सरकारी ढुकुटीको दुरुपयोग गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्