समाज

मंसिर पहिलो साता उपचुनाव गर्न आयोगलाई दलहरुको सुझाव

हिमालय टिभी
२०७६ साउन १६ गते ८:५९
मंसिर पहिलो साता उपचुनाव गर्न आयोगलाई दलहरुको सुझाव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।

आयोगको कार्यालय कान्तिपथमा सर्वदलीय छलफलमा राष्ट्रिय दल सहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई बोलाइएको आयोगले जनाएको छ ।

दलहरूसँग छलफलपछि सरकारलाई उपनिर्वाचनको मिति सिफारिस गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । राजनीतिक पार्टीसँग परामर्श गरेर दुई–तीन दिनभित्र उपनिर्वाचनको मिति सिफारिस गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।

आयोगका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । ३८ वडामा पनि जनप्रतिनिधि छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्