समाज

मकवानपुरमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७६ साउन १६ गते ६:३३
मकवानपुरमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर ।पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–३ बसामाडि लेवटमा गएराती भएको सवारी दुर्घटनाका २ जनाको मृत्यु भएको छ ।

घटनामा अस्मित सुनार र सौरभ सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको ठेगाना खुल्न सकेको छैन ।

चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक र विपरीत दिशामा गुडिरहेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिक्एर दुर्घटना भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्