खेलकूद

१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित बन्द प्रशिक्षण सुरु

हिमालय टिभी
२०७६ साउन १६ गते ६:३०
१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित बन्द प्रशिक्षण सुरु

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुँदैछ ।

मंसिर १५ देखि २४ गतेसम्म काठमाण्डौं र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको तथ्यांक नआइसकेको तर आठौँ राष्ट्रिय खेलकुदबाट छानिएका झण्डै एक हजारदेखि १५ सय जना खेलाडी प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

केही खेलका खेलाडीहरुलाई देशभित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पनि पठाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताउनुभयो ।

बन्द प्रशिक्षणका लागि पहिलो चरणमा पदक जितेका खेलाडीहरुलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । यसअघिका सदस्यसचिव केशवकुमार विष्टले सागमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुका लागि राखेप च्याम्पियनसिप गराउने बताउनु भएको थियो ।

नेपालमा आयोजना हुने सागमा २७ खेल समावेश हुँदा नेपालबाट ६ सय ४४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ३ सय ३० जना पुरुष र ३ सय १४ जना महिला खेलाडी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्