आर्थिक

तनहुँमा आन्तरिक राजश्व कार्यालय खुलेपछि स्थानीयलाई सहज

हिमालय टिभी
२०७६ साउन १५ गते ११:५९
तनहुँमा आन्तरिक राजश्व कार्यालय खुलेपछि स्थानीयलाई सहज

तनहुँ । तनहुँमा आन्तरिक राजश्व कार्यालय खुलेपछि ४ जिल्लाका बासिन्दालाई सहज भएको छ भने करदाताको संख्या पनि बढेको छ ।

तनहुँसहित लमजुङ, गोर्खा र मनाङका बासिन्दालाई राजश्व बुझाउन अहिले सहज भएको हो ।

२०७५ साल मंसिरमा कार्यालय खोलेपछि करदाताको संख्या पनि निरन्तर बढेको छ । गत आर्थिक वर्षसम्म ३८ हजार भन्दा बढी नागरिक र फर्म करको दायरामा आएको कार्यालय प्रमुख सूर्य सेँढाइले बताउनुभयो ।

यस अघि कर बुझाउन पोखरा जानुपर्ने बाध्यता थियो । कार्यालयले गत आर्थिक वर्षमा पाँच अर्ब ३० करोड ३० लाख राजश्व संकलन गरेको छ । यो लक्ष्य भन्दा शतप्रतिशत बढी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *