Political Hightlights

समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

हिमालय टिभी
२०७६ साउन १५ गते ११:२०
समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०७६–०७७ को वार्षिक कार्ययोजना तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्ययोजना सफल हुने गरी समय तालिका बनाएर काम गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारप्रति नागरिकको ठूलो आशा र भरोसा रहेकोतर्फ पनि ध्यान दिन मन्त्री र सचिवको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले गरिब, निरक्षर र पिछडिएको मुलुकका रुपमा विश्वमा नकारात्मक छाप परेको भन्दै परिचय बदल्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओली र सरकारमा सहभागी सबै मन्त्रीले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक कार्यजना प्रस्तुति तथा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्