Political Hightlights

प्रतिनिधिसभामै लाग्यो सभामुखविरुद्ध चर्का नारा

हिमालय टिभी
२०७६ साउन १५ गते ११:१५
प्रतिनिधिसभामै लाग्यो सभामुखविरुद्ध चर्का नारा

काठमाडौंं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को विपक्षी दल राजपाले सभामुखविरुद्ध संसदमा नाराबाजी गरेका छन ।

सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले नाराबाजी गरेका हुन् । सभामुखले सरकारका लागि काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा कांग्रेस र राजपाले नाराबाजी गरेपछि महराले सभामुखविरुद्ध नाराबाजी नगर्न सचेत गराउनुभयो ।

विपक्षी दलले सभामुख र उपसभामुख एउटै दलको भएकोमा पनि आपत्ति जनाए । यो विषय पनि अदालतमा विचाराधीन भन्दै सभामुख महराले नबोल्न आग्रह गर्नुभयो ।

संसदीय सर्वोच्चताको माग गर्दै संसद अवरोध गर्दै आएका विपक्षी दलप्रति कटाक्ष गर्दै सभामुख महराले सदन खोलेर संसदीय सर्वोच्चता कायम गर्न आग्रह गर्नुभयो ।

विपक्षी दलहरुको सभामुखमाथिको पछिल्लो प्रहारले दुरी बढ्ने देखिएको छ । नेपाली कांग्रेस सहितका दलहरुकै सहयोगमा सभामुख महरा निर्विरोध चुनिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्