राजनीति

कांग्रेस र राजपाले संसद बैठक चल्न दिएनन्

हिमालय टिभी
२०७६ साउन १५ गते ७:०४
कांग्रेस र राजपाले संसद बैठक चल्न दिएनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले आज पनि संसद् बैठक अवरुद्ध गरेका छन् ।

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

आजको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै पटकपटक सदन सुचारु गर्न सहयोग माग्नुभएको थियो ।

सभामुख महराले शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।

सांसदहरूको लगातारको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बैठक बिहीबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्