समाज

झापामा एनसेल टावरमा आगजनीको प्रयास

हिमालय टिभी
२०७६ साउन १५ गते ६:४४
झापामा एनसेल टावरमा आगजनीको प्रयास

झापा । झापामा निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको २ स्थानको टावरमा अज्ञात समूहले आगजनी प्रयास गरेको छ।

गएराति अज्ञात समूहले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटा टावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भद्रपुर नगरपालिका ३ गोलेचोक र दमक नगरपालिका १ मामाचोकमा रहेको एनसेलको टावरमा आगजनीको प्रयास गरिएको हो। भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले भद्रपुरका सम्पूर्ण मोबाइल फोन टावरमा प्रहरी परिचालन गरिएको श्रेष्ठको भनाई छ । दमकको मामा चोकमा रहेको टावर बाहिर सानो बम पड्काएको आवाज आएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । तर टावरमा कुनै क्षति नभएको प्रहरीलाई उदृत गर्दै सहकर्मी पंकज शर्माले जनाएका छन् ।

एनसेल कम्पनीले राज्यको कर नतिरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले यसअघि पटक पटक टावरमा आक्रमण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्