समाज

आज असार १५ अर्थात खीर खाने दिन

हिमालय टिभी
२०७६ साउन १५ गते ६:४१
आज असार १५ अर्थात खीर खाने दिन

काठमाडौंं । नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ ।

असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाएर एक महिनासम्म खेती किसानी गरेका किसानले आज तातो खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने पुरानो चलन रहेको र यो विस्तारै संस्कार बनेको नेपाल पञ्चांग निर्णायक समितिको अध्यक्ष डा. रामचन्द्र गौतमले बताउनुभयो ।

गौतमका अनुसार मरिच, दाख, सुकेको नरिवल, दालचिनी आदी राखेर तयार गरिएको खीर स्वास्थ्यका लागि उपयुक्त हुन्छ । खिरमा मिसाइने यी मसलाले वर्षायाममा काम गरेका किसान र अन्य व्यक्तिको स्वास्थ्यलाई चुस्त बनाउने गौतमको भनाइ छ ।

कृषिजन्य उत्पादन दूध र चामल मिश्रित खीर अनि त्यससँग मात्राअनुसार मिसाइने चिनी वा मिश्रीको सम्मिश्रणबाट तयार हुने खीर मुख मिठ्याउने मात्र नभएर शरीर स्वस्थ राख्न उपयुक्त भोजन मानिन्छ ।

परापूर्वककालदेखि नै मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारका भोजनलाई चलनचल्तीमा ल्याएको मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्