आर्थिक

साउन सकिँदासम्म देशभर ८० प्रतिशत रोपाई

हिमालय टिभी
२०७६ साउन १४ गते ६:३७
साउन सकिँदासम्म देशभर ८० प्रतिशत रोपाई

काठमाडौं । मध्य साउन सकिँदा देशभर ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको छ ।

साउन पहिलो हप्तादेखि निरन्तर पानी परेका कारण धान रोपाइँको औसत उकासिएको हो । गत वर्ष यही समयमा ८१ प्रतिशत रोपाइँ भएको थियो ।

भौगोलिक हिसावले उच्च पहाडमा ८५, मध्य माडमा ८१ र तराईमा ८० प्रतिशत रोपाई सकिएको कृषि मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा सुदुरपश्चिममा सबैभन्दा धेरै ९४ प्रतिशत र कर्णालीमा ९३ प्रतिशत रोपाई भएको छ ।

प्रदेश १ मा सबैभन्दा कम ७२ प्रतिशत र दुई नम्बरमा ७५ प्रतिशत रोपाई सकिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *