राजनीति

विपक्षी दलको अवरोधका कारण संसद बैठक स्थगित

हिमालय टिभी
२०७६ साउन १३ गते ८:४९
विपक्षी दलको अवरोधका कारण संसद बैठक स्थगित

काठमाडौं । विपक्षी दलको अवरोधका कारण आज प्रतिनिधिसभा बैठक चल्न सकेन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टीले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले साउन १५ गते बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभयो ।

४० मिनेटसम्म सभामुख महराले विपक्षी दललाई मनाउने प्रयास गरेपनि सफल हुन सकेन । तर सभामुख महराले अर्को बैठक अवरोधकाबीच चलाउने संकेत गर्नुभएको छ ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही गोलीकाण्ड लगायतका घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग गर्दै आएका छन ।

आज बैठक सुरु हुनासाथ दुवै दलका सांसद उठेपनि सभामुखले कारवाही अघि बढाउन खोजेपछि विपक्षीले वेल घेराउ गर्दै नारावाजी शुरु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्