Political Hightlights

विप्लवसँग सिद्धिने वा नेकपा प्रवेश गर्ने दुई विकल्प मात्रः प्रचण्ड

हिमालय टिभी
२०७६ साउन १३ गते ६:५७
विप्लवसँग सिद्धिने वा नेकपा प्रवेश गर्ने दुई विकल्प मात्रः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लवसँग पूरै सिद्धिने वा मूलधारको नेकपामै आउने विकल्प मात्र रहेको दावी गर्नुभएको छ ।

विप्लव समूहका केही नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले अहिले विप्लव निद्रामा रहेको र जागेपछि कुरा बुझ्ने टिप्पणी गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहनेहरुको सक्रियता ह्वात्तै बढेको प्रचण्डको दावी छ । तर उनीहरु को हुन भन्ने प्रचण्डले प्रष्ट पार्नुभएन ।

कसैले आफुलाई अन्तर्राष्ट्रिय अपराध अदालत हेग लगे हिरो हुने प्रचण्डको बुझाई छ ।

पूर्व बाल र बहिर्गमित लडाकूले प्रचण्ड र बाबुराम भट्टराई लगायतका नेतालाई अन्तर्राष्ट्रिय अपराध अदालत लगेर थुनाउने चेतावनी दिइरहेका बेला प्रचण्डको प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्