समाज

भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परेको राष्ट्रियसभाको निष्कर्ष

हिमालय टिभी
२०७६ साउन १२ गते १३:४६
भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परेको राष्ट्रियसभाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय सभाले सीमाको दशगजा नजिक भारतले बनाएका बाँध र अग्ला सडकका कारण नेपाली भूमि डुबानमा परेको निष्कर्ष निकालेको छ ।

असार अन्तिम हप्ता आएको बाढीबाट भएको क्षतिको स्थलगत अध्ययनपछि फर्केको राष्ट्रिय सभाको टोलीले भारतकै कारण नेपाली भूमि डुबानमा परेकाले समस्या समाधानका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

चुरे संरक्षणका लागि दीर्घकालीन योजना बनाएर लागू गर्नुपर्ने, जोखिमयुक्त स्थानका बस्तीलाई उपयुक्त स्थानमा स्थानान्तरण र त्यस्ता बस्ती बस्न नदिनेतर्फ नीतिगत व्यवस्था गर्न सुझाव टोलीले दिएको छ ।

स्थलगत निरीक्षण भ्रमणमा गएको टोलीले सरोकारवालासँगको छलफलपछि गरेको सिफारिसको आधारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी र डुबान प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन काम गर्न सरकारलाई निर्देशन पनि दिनुभएको छ ।

खेतीसमेत डुबानमा परेको हुँदा आगामी वर्ष खाद्यान्नको अभाव हुने देखिएकाले आवश्यक मात्रामा खाद्यान्न उपलब्ध गराउन राष्ट्रिय सभाले सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्