समाज

देशको जेठो अस्पतालमा जनशक्ति अभावमा उपचारमा समस्या

हिमालय टिभी
२०७६ साउन १२ गते १३:०६
देशको जेठो अस्पतालमा जनशक्ति अभावमा उपचारमा समस्या

काठमाडौं । आवश्यक कर्मचारीको अभावमा थप सेवा विस्तार गर्न समस्या भइरहेको वीर अस्पतालले जनाएको छ ।

१ सय ३० औ वार्षिकोत्सवका अवसरमा अस्पतालले विभिन्न विभाग यूनिटमा चिकित्सक, नर्स, बायोमेडिकल इन्जिनियर लगायत अन्य कर्मचारीको अभाव भएको जनाएको छ ।

पुरानै संरचना र दरबन्दी अनुसार कर्मचारी रहेकाले नयाँ दरबन्दी सिर्जना गरी कर्मचारी राख्न अस्पतालले सरकारलाई आग्रह गरेको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले सेवा विस्तारको अनुपातमा अस्पतालमा कर्मचारी न्यून भएको बताउनुभयो ।

आधुनिक, प्रभावकारी र गुणस्तरी सेवा दिन थप आधुनिक यान्त्र उपकरण आवश्यक रहेको अस्पतालले जनाएको छ । फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उपकरण तथा कर्मचारीको व्यवस्थापन गर्ने, छिट्टै २० शैय्याको आइसीयू सन्चालन गर्ने, राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल जोड्ने सव-वे बनाउने, इमरजेन्सी सेवा सजिलो र छिटो बनाउने अस्पतालको योजना छ ।

आर्थिक वर्ष २०७५/७६ मा वीर अस्पतालबाट इमर्जेन्सी सहित ओपिडिमा ४ लाख २२ हजार ८ सय १ जनाले सेवा लिएका छन् । यही अवधिमा ३३ करोड ३६ लाख आम्दानी भएको छ । १९४७ मा १५ शैय्याबाट सेवा सुरु गरेको अस्पतालमा अहिले ४ सय ६० शैय्या छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्