Political Hightlights

महाधिवेशनको मिति तोकेर अघि बढ्न काँग्रेसलाई दवाब

हिमालय टिभी
२०७६ साउन १२ गते १२:५५
महाधिवेशनको मिति तोकेर अघि बढ्न काँग्रेसलाई दवाब

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले १४ औ महाधिवेशनको मिति तोकेर अघि बढ्न नेतृत्वलाई दवाब दिएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले महाधिवेशनमा जोड दिएका हुन । केही केन्द्रीय सदस्यले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाएर केही समयपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन भने केहीले समयमै महाधिवेशन गर्न माग गरेका छन ।

केहीले विधान निलम्बित गरेर काम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन । अन्तरिम संरचना बनाई महाधिवेशनको कार्यतालिका बनाउने विषयमा छलफल केन्द्रीत भएपनि निष्कर्षमा अझै नपुगेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य अर्जुन नरसिहं केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताउनुभयो । भर्खरै बनाएको विधान निलम्बित गरेर संक्रमणकालीन व्यवस्थाका नाममा कुनै पनि सहमति गर्न नसकिने उहाँले बताउनुभयो ।

असार २२ गते देखि सुरु कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिदै चल्दै आएको छ । बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलीको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमति पुर्वक टुंग्याउने गरी नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाईसकेको छ । प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्