खेलकूद

ग्रहण गरेको पदक पनि फिर्ता गर्नु परेपछि…

हिमालय टिभी
२०७६ साउन १२ गते ७:२२
ग्रहण गरेको पदक पनि फिर्ता गर्नु परेपछि…

काठमाडौं । टी–ट्वेन्टी विश्वकप क्रिकेटमा नेपालले आज अर्को पीडा पनि बेहोर्नुपरेको छ ।

पहिले उपविजेताको पदक पाएको नेपालले पछि फिर्ता गर्नु परेको हो । सिंगापुरसँग पराजित भएर विश्वकप सपना टुटेको नेपालले अर्को पीडा भने आयोजकका कारण भोग्नु पर्यो ।

घरेलु टोली सिंगापुरसँग पराजित भएपछि आयोजकले उपविजेता भन्दै नेपाली खेलाडीलाई पदक लगाइ दिएका थिए । तर पछि रन रेटका आधारमा कतारलाई उपविजेता घोषित गरियो । र नेपालले पदक फिर्ता गर्नु पर्यो ।

ग्लोबल छनोटमा पुग्न जित्नै पर्ने खेलमा नेपाल ८१ रनले हारेपछि रनरेटका आधारमा नेपाल तेस्रो स्थानमा झरेको हो । कतार र नेपाल दुवैले खेल जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्