समाज

गुल्मीमा पहिरोमा परिँदा एक जनाको मृत्यु, पाँच जना घाइते

हिमालय टिभी
२०७६ साउन १२ गते ६:३६
गुल्मीमा पहिरोमा परिँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा १३ वर्षीय चुन्ने परियारको मृत्यु भएको हो । पहिरोमा परि घरमुली विष्णु परियारसहित पाँच जना घाइते भएका छन् ।

घटनास्थलमा पुर्तिघाट र भुर्तुङ प्रहरी चौकीबाट उद्धार टोली खटिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिनुभयो ।

थप मद्दतका लागि जिल्ला प्रहरी कार्यालयबाट नायब उपरीक्षक मीनबहादुर घलेको नेतृत्वमा टोली गएको छ । यस अघि गत साता सत्यवती गाउँपालिकामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्