आर्थिक

एक महिनायता मासुको मूल्य बढेको बढ्यै

हिमालय टिभी
२०७६ साउन ११ गते १०:१०
एक महिनायता मासुको मूल्य बढेको बढ्यै

काठमाडौं । एक महिनायता खसी तथा कुखुराको मासुको मूल्य निरन्तर बढिरहेको छ ।

भारतबाट खसी बोका आयातमा कडाइ गरेको छ तर कुखुराको मासुको भाउसमेत अचाक्ली बढेको छ ।

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो ४ सयभन्दा बढी पुगेको छ । खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ ।

अनुगमन गर्ने निकायले बेवास्ता गरेपछि मासु महंगो भएको मात्रै होइन उपत्यकाका विभिन्न स्थानमा मुल्य पनि फरक फरक हुने गरेको छ ।

राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असारमा तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको छ । बर्डफ्लुको हल्लाका कारण किसानले कुखुरा नपाल्दा उत्पादन कम भएको मुल्य बढेको संघको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *