आर्थिक

नेपालका पाँच वाणिज्य बैंकलाई ‘युरो मनि’ अवार्ड

हिमालय टिभी
२०७६ साउन ११ गते ६:२७
नेपालका पाँच वाणिज्य बैंकलाई ‘युरो मनि’ अवार्ड

काठमाडौं । बेलायतबाट प्रकाशित हुने ‘युरो मनि’ म्यागेजिनले नेपालका ५ वाणिज्य बैंकलाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरेको छ ।

वित्तप्य क्षेत्रको अनुसन्धानपछि म्यागेजिनले पहिलो पटक नेपालका २८ वाणिज्य बैंकमध्ये पाँच वटालाई विभिन्न सात विधामा उत्कृष्ट घोषित गरेको हो ।

म्यागेजिनले हरेक वर्ष प्रदान गर्दै आएको ‘एशिया मनि अवार्ड’ यो वर्ष नबिल, स्टाण्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पाएका छन ।

म्यागेजिनले घरेलु बैंकहरुमा र डिजिटल सेवा प्रवाहमा उत्कृष्ट ठह्राउँदै नबिल बैंकलाई ुवेस्ट डोमेस्टिक बैंकु र ुबेस्ट डिजिटल बैंकु गरी दुई अवार्डबाट सम्मान गरेको छ । ुस्टाण्डर्ड चार्टड बैंकुलाई उत्कृष्ट घोषित गर्दै ुबेस्ट इन्टरनेश्नल बैंकु घोषित गरेको छ ।

त्यस्तै म्यागेजिनले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई समेत एक विधामा उत्कृष्ट ठहर गरेको छ । राष्ट्रिय वाणिज्य बैंकलाई सामाजिक उत्तरदायित्व वहनमा उत्कृष्ट मान्दै ुबेस्ट करपोरेट सासेल रेस्पन्सिब्लिटी अवार्डु बाट सम्मानित गरिएको छ ।

म्यागेजिनले प्रदान गर्ने ुवेस्ट करपोरेट तथा इन्भेष्टमेन्ट बैंकु को उपाधी भने नेपाल इन्भेष्टमेन्ट बैंकले पाएको छ । त्यस्तै म्यागेजिनले मेगा बैंकलाई लद्युवित्त्त र साना तथा मझौला उद्यमका लागि सबैभन्दा उत्कृष्ट बैंक ठहर गरेको छ ।

योसँगै मेगा बैंकले म्यागेजिनले प्रदान गर्ने ‘बेस्ट बैंक फर माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल एण्ड मिडियम साइज्ड इन्टरप्राइजेज’ गरी दुई अवार्ड पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *