समाज

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

हिमालय टिभी
२०७६ साउन ९ गते ६:४४
गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र छोरा दर्शन तरामु मगर तथा दुर्गाबहादुर सिंजालीको शव फेला परेको थियो ।

पहिरोमा पुरिएर घाइते ठूलो लुम्पेकका करिश्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएकाले हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्