Political Hightlights

नेकपाको सचिवालय बैठक पुनः स्थगित

हिमालय टिभी
२०७६ साउन ९ गते ६:४०
नेकपाको सचिवालय बैठक पुनः स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक फेरि स्थगित भएको छ ।

स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो । यसअघि पनि सचिवालय बैठक स्थगित भएको थियो ।

स्कुल विभागमा जिम्मेवारी बाँडफाँडकै विषयलाई लिएर हिजो पनि पूर्व एमालेका नेताहरुको बैठक बसेको थियो । बैठकमा स्कुल विभाग आफूहरुले नै राख्नु पर्ने गरी अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य ईश्वर पोख्रेलले राखेको प्रस्ताव पूर्वएमालेकै माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले अस्वीकार गरेका छन् ।

तीनैजना नेताले स्कुल विभागको जिम्मेवारीको विषय २ अध्यक्षले मिलाउनुपर्नेमा जोड दिँदै अनावश्यक विवाद नगर्न आग्रह गरेका थिए । स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोख्रेलले दावी गर्दै आएका छन् ।

दुई नेताबीच हानथाप भएपछि स्कुल विभाग अहिलेलाई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै राखेर मिलाउने तयारी गरेका छन् । यसअघि गत आइतबार बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्