राजनीति

प्रचण्ड र भट्टराईलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत लैजाने चेतावनी

हिमालय टिभी
२०७६ साउन ९ गते १०:५२
प्रचण्ड र भट्टराईलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत लैजाने चेतावनी

काठमाडौं । बहिर्गमित जनमुक्ति सेनाले तीन महिना भित्र माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएका छन् ।

रिपोटर्स् क्लबमा पत्रकार सम्मेलन गरी बर्हिगमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले पुनः स्थापनाका लागि उपयुक्त सहयोग नगरे प्रचण्ड र डा. बाबुराम भट्टराईलगायत तत्कालीन माओवादी नेतालाई हेग पुर्‍याउने चेतावनी दिएका हुन् । ।

माग पुरा नभए प्रचण्ड र बाबुरामसँग जेल जानुको विकल्प नरहेको भन्दै पूर्व लडाकूले आफ्ना मागलाई हल्का रुपमा नलिन चेतावनी दिएका छन ।

पूर्व बाल लडाकु लेनिन विष्टले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा गएर पूर्व लडाकुका विषयमा कुरा राख्दै आउनुभएको छ । शान्ति प्रक्रियाको एउटा हिस्सालाई सडकमा छाडेर शान्ति प्रक्रिया पूरा भएको भ्रम फैलाइएको उनीहरुको आरोप छ ।

बालसैन्य र बर्हिगमित जनमुक्ति सेनाको जायज माग सम्बोधन नभएसम्म शान्ति प्रक्रिया पूरा नहुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्