समाज

गोरखामा ओढारमा लुकाएको अवस्थामा १६ किलो सुन बरामद

हिमालय टिभी
२०७६ साउन ९ गते ७:०८
गोरखामा ओढारमा लुकाएको अवस्थामा १६ किलो सुन बरामद

गोरखा । गोरखाको उत्तरी भेगको एउटा ओढारमा १६ किलो सुन फेला परेको छ ।

धार्चे गाउँपालिका खोर्लाबेसीको ओढारमा लुकाइराखेको सुन बरामद गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ । सुनसहित एकजना व्यक्ति पक्राउ परेका छन् । तर प्रहरीले उनको बारेमा थप खुलाएको छैन ।

सुन बरामद भएको स्थान गोरखाको उत्तरी क्षेत्रमा पर्छ । पक्राउ परेका व्यक्ति र सुन सदरमुकाम गोरखातर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्