समाज

विदेशबाट आउने अपरिचित कल नउठाउन दूरसञ्चार प्राधिकरणको अपिल

हिमालय टिभी
२०७६ साउन ९ गते ७:०१
विदेशबाट आउने अपरिचित कल नउठाउन दूरसञ्चार प्राधिकरणको अपिल

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विदेशका अपरिचित नम्बरबाट फोन आएमा नउठाउन र कल ब्याक नगर्न सबैलाई अपिल गरेको छ ।

विदेशका अपरिचित नम्बरबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन आउने गरेको भन्दै प्राधिकरणले ग्राहकलाई सचेत गराएको हो ।

पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । यस्तो फोन आउँदा कतिपय मोबाइल प्रयोगकर्ताले रातो देख्ने गरेको र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् ।

यसले प्रयोगकर्तालाई त्रसितसमेत बनाएको छ । प्राधिकरणका अनुसार, यसरी विदेशबाट आउने कललाई प्राविधिक भाषामा वाङ्गीरि स्कीम अर्थात वन रिङ स्कीम भनिन्छ ।

ह्याकरले विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ । यस्ता फोन उठाउँदा वा कल ब्याक गर्दा नोक्सानी हुन सक्छ ।

प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सूचना निकालेर सेवाप्रदायकलाई यसको रोकथामका लागि निर्देशन दिएको जनाएको छ । यस्तो कल आएमा प्राधिकरणमा प्रत्यक्ष सम्पर्क गरेर या फोन तथा इमेलमार्फत प्रयोगकर्ताले आफ्ना गुनासा राख्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्