खेलकूद

ज्ञानेन्द्रको कीर्तिमान, नेपालबाट मलेसिया पराजित

हिमालय टिभी
२०७६ साउन ८ गते ९:०९
ज्ञानेन्द्रको कीर्तिमान, नेपालबाट मलेसिया पराजित

काठमाडौं । टी–ट्वेन्टी विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ ।

पहिलो खेलमा कतारसँग अविश्वसनीय हार बेहोरेको नेपालले दोस्रो खेलमा मलेसियालाई सात विकेटले पराजित गरेको हो ।

जितसँगै नेपालको छनौट संभावना कायमै छ । कप्तान पारस खड्का घाइते भएका कारण टिमको नेतृत्व गरेका ज्ञानेन्द्रले २१ बलमा ५१ रनको कीर्तिमानी प्रदर्शन गरे ।

उनले सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरे । उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।

अन्तर्राष्ट्रिय टी–ट्वेन्टी मा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान विनोद भण्डारीको नाममा थियो । मलेसियाविरुद्धको सिरिजमा विनोदले २५ बलमा अर्धशतक बनाएका थिए ।

मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले आठ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । प्रदीप ऐरीले र विनोद भण्डारीले समान १३ रनको योगदान गरे ।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले सात विकेट गुमाएर ८३ रन बनाएको थियो । सोमपाल कामीले तीन, बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले समान एक एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्