Political Hightlights

आधिकारिक ट्रेड युनियन खारेज गरिन्नँः प्रम ओली

हिमालय टिभी
२०७६ साउन ८ गते ९:०२
आधिकारिक ट्रेड युनियन खारेज गरिन्नँः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।

निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भ्रममा नपर्न आग्रह गर्नुभयो । तर परिवर्तनलाई आत्मसाथ गरेर काम गर्न प्रधानमन्त्रीले कर्मचारीलाई सचेत गराउनुभयो ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारी अलपत्र परेकाले समस्या तत्काल समाधान गरि दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीको तहगत प्रणाली अनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि पनि कर्मचारीको आग्रह छ ।

प्रधानमन्त्री ओलीले कर्मचारीको मागबारे छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्