समाज

अविरल वर्षासँगै तराईमा डुवान र पहाडमा पहिरोको त्रास

हिमालय टिभी
२०७६ साउन ८ गते ८:४१
अविरल वर्षासँगै तराईमा डुवान र पहाडमा पहिरोको त्रास

अविरल वर्षासँगै तराईमा डुवान र पहाडमा पहिरोको त्रास
काठमाडौं । अविरल वर्षासँगै तराई मधेसका विभिन्न क्षेत्र डुवानमा परेका छन् । नदीहरुमा जलसतह बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम देखिएको छ ।

बबई नदीले बगाएका दुई जनाको उद्धार गरिएको छ । बाढीले बगाएर ल्याएको काठ सङ्कलन गर्ने क्रममा उनीहरुलाई बबई नदीले बगाएको थियो । बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

नदीमा जलसतह बढेकाले तल्लो तटीय क्षेत्रमा आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । वर्षाका कारण दाङको देउखुरीका केही भूभाग डुवानामा परेका छन् ।

स्थानीय दोलही खोलामा आएको बाढीका कारण राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगैलगायतका गाउँ डुवानमा परेका हुन् । पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्दो क्रममा रहेकाले दाङ प्रशासनले पनि सावधानी अपनाउन सूचना जारी गरेको छ ।

बाढीका कारण झापामा पनि विभिन्न नदीको सतह बढेको छ । केही स्थान डुवानमा परेका छन् ।
सरकारको बाढी पूर्वानुमान महाशाखाले पँधेरादोभान कर्मैया बाढी मापन केन्द्रमा बागमतीको जलसतह खतरा भन्दा माथि रहेको भन्दै रौतहट र सर्लाहीका तटिय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ति स्थानमा मोवाइलमा सन्देश समेत पठाइएको महासाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्