समाज

गुल्मीमा पहिरोमा परिएर मृत्यु हुनेको संख्या ११ पुग्यो, दुई जना अझै बेपत्ता

हिमालय टिभी
२०७६ साउन ८ गते ७:५७
गुल्मीमा पहिरोमा परिएर मृत्यु हुनेको संख्या ११ पुग्यो, दुई जना अझै बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् ।

सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडा नम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडा नम्बर ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ ।

लिम्घामा एकै घरका ६५ वर्षीया छल्ली विक, २८ वर्षीय कम्बु विक, २५ वर्षीया निर्मला विक, १२ वर्षीया अंजली विक, १० वर्षीय हेमन्त विक, ७ वर्षीय शिवानी विकको मृत्यु भएको छ ।

वडा नम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजालीको मृत्यु भएको छ ।

त्यस्तै ८ वर्षीया तारा विक र ६ वर्षीय सुमन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिनुभयो ।

ठूलो लुम्पेमै रुद्र विकको घर पनि पहिरोले पुरेको छ । पहिरोमा परी ४० वर्षीया मायाँ विक र १६ वर्षीया गबी विक बेपत्ता भएका छन् । अरु २ जना घाइते भएका छन् ।

पहिरोका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्