Political Hightlights

हिंसा र हतियार नछाडेसम्म विप्लव समूहसँग वार्ता हुँदैनः मन्त्री पोखरेल

हिमालय टिभी
२०७६ साउन ६ गते १२:४४
हिंसा र हतियार नछाडेसम्म विप्लव समूहसँग वार्ता हुँदैनः मन्त्री पोखरेल

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेरलले विप्लव समुहले हतियार र हिंसा नछोडेसम्म वार्ता नहुने बताउनु भएको छ ।

सरकार र विप्लव समुहबीच वार्ताको चर्चा चलिरहँदा उपप्रधानमन्त्री पोखरेलले विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग त्यसको खण्डन समेत गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले विप्लव समुहसँगको वार्ताका लागि सरकारको तर्फबाट टिम बनाइएको भन्ने कुरा पनि असत्य रहेको दावी गर्नुभयो ।

सरकारी सम्पर्क सुत्रका रुपमा सांसद सोमप्रसाद पाण्डेले विप्लव समुहसँग छलफल गरिरहेको बाहिर आएको थियो । तर पोखरेलले भने त्यसबारे पनि सरकारलाई कुनै जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्