समाज

घुस लिने प्रवृत्तिविरुद्ध कडा रुपमा प्रस्तुत हुने मुख्यमन्त्री राईको चेतावनी

हिमालय टिभी
२०७६ साउन ६ गते ११:०९
घुस लिने प्रवृत्तिविरुद्ध कडा रुपमा प्रस्तुत हुने मुख्यमन्त्री राईको चेतावनी

पोखरा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीमा अनियमितता र घुस लिने प्रवृति बढेको भन्दै त्यसविरुद्ध अब कडा रुपमा उत्रने चेतावनी दिनुभएको छ ।

प्रदेश सरकार मातहत कार्यालयका माथिल्लो तहका कर्मचारी घुससहित पक्राउ पर्न थालेपछि मुख्यमन्त्री राईले आज आकस्मिक बैठक बोलाएर यस्तो चेतावनी दिनुभएको हो ।

परिषद्को कार्यालयमा आयोजित डिभिजन कार्यालयका अधिकृतहरु सहभागी बैठकमा मुख्यमन्त्री राईले अझै केही कर्मचारी पक्राउ पर्न सक्ने सूचना पाएको भन्दै सचेत गराउनुभयो ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख मानबहादुर यादव एक लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि मुख्यमन्त्रीले कर्मचारीहरुको आकस्मिक बैठक बोलाउनुभएको हो ।

माथिल्लो तहसँगको सेटिङमै अनियमितता भइरहेको संकेत गर्दै उहाँले अब पनि गम्भिर नभए कार्यालयहरुमा कर्मचारी नै रित्तिने चेतावनी पनि दिनुभयो ।

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश सरकारको छवि कमजोर भइरहेको भन्दै सचेत हुन कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्