समाज

बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको गच्छदारको दावी

हिमालय टिभी
२०७६ साउन ६ गते ६:५४
बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको गच्छदारको दावी

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा विवादमा तानिनुभएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारको पनि प्रतिक्रिया आएको छ । उहाँले जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

बालुवाटार जग्गा प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोधपुछ गर्न खोजिएको तर, सम्पर्कमा नआएको समाचारहरु आएपछि गच्छदार भारतबाट नेपाल आउनुभएको हो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा गच्छदारसँग पनि दुई निकायले सोधपुछ गर्न लागेका थिए । अमेरिकाबाट भारत हुँदै आइतबार साँझ स्वदेश फर्किनुभएका गच्छदारले बालुवाटार प्रकरणमा संलग्नताबारेको समाचारको खण्डन गर्नुभएको हो ।

अख्तियारले आफुसँग कुनै प्रकारले सम्पर्कको प्रयास गरेकोबारे जानकारी नभएको बताउनुभयो ।

अख्तियारले बालुवाटारको जग्गाबारे २०६६ चैत २९ गते मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा आफुसँग सोधपुछ गर्न चाहेको विषय समाचारबाटै थाहा पाएको गच्छदारको दावी छ । आफ्ना विरुद्धमा विभिन्न समाचार आएको बताउँदै गच्छदारले आफु उपचारका लागि विदेश गएको प्रष्ट पार्नुभयो ।

कांग्रेस उपसभापति समेत रहनुभएका गच्छदारले आफ्नो पालामा प्रधानमन्त्री निवास वरपरका सडकहरु चौडा गर्ने काम भएको बताउनुभयो ।

नेता गच्छदारले बालुवाटार जग्गा प्रकरणमा अख्तियार वा सरोकारवाला पक्षले छानविन गर्न सक्ने भन्दै आफुसँग अख्तियारले सोधपुछ गर्न चाहे सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्