Political Hightlights

काँग्रेसले सातै प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

हिमालय टिभी
२०७६ साउन ५ गते ८:३८
काँग्रेसले सातै प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेपाली कांग्रेसले ७ वटै प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

सात प्रदेशका १२ ठाउँमा २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने नेपाली कांग्रेसले जनाएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले साउन १६ गतेदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति, तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति, खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरेको छ ।

यस्तै नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि बैठकले गरेको सचिव मुक्ति आचार्यले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्