समाज

सिरहामा छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७६ साउन ५ गते ८:३४
सिरहामा छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु

सिरहा । सिरहाका छुट्टाछुटै स्थानमा भएका घटनामा एकै दिन पाँच जनाको मृत्यु भएको छ ।

दुई जनाको सर्पले डसेर, दुई जनाको पोखरीमा डुबेर र एक जनाको करेन्ट लागेर मृत्यु भएको हो । विषालु सर्पको डसाईबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याको मृत्यु भएको छ ।

आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले डसेपछि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विषालु सर्पको डसाईबाट सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी २२ वर्षीय तिलक बरालको मृत्यु भएको छ ।

यस्तै पोखरीमा डुबेर अर्नामा गाउँपालिका र कल्याणपुर नगरपालिकामा दुई बालबालिकाको मृत्यु भएको छ ।

पोखरीमा डुबेर स्थानीय नन्दलाल पालको पाँच वर्षीया छोरी साक्षी र कल्याणपुर नगरपालिका–४ महुलियाटोलका स्थानीय महमद मसरफ हुसेनका तीन वर्षीय छोरा महमद अफरोसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर गोलबजार नगरपालिका–४ भर विश्वकर्मा सप्लायर्स ग्रिल उद्योगका सञ्चालक मनिषकुमार विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्