समाज

घुससहित पक्राउ परेका इन्जिनियरहरुका कारण अख्तियारको हिरासत कक्ष भरियो

हिमालय टिभी
२०७६ साउन ५ गते ६:२५
घुससहित पक्राउ परेका इन्जिनियरहरुका कारण अख्तियारको हिरासत कक्ष भरियो

काठमाडौं । इन्जिनियरहरू घुससहित धमाधम पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत कक्ष नै भरिएको छ ।

पछिल्ला तीन दिनमा आठजना इन्जिनियर घुससहित पक्राउ परेका छन् । असारयता मात्र २० इन्जिनियरलाई आयोगले पक्राउ गरेको छ । जसमध्ये १६ जना आयोगको हिरासतमै छन् । यी सबै विल भुक्तानीको कमिसन लिने क्रममा पक्राउ परेका हुन् ।

शनिबार मात्र कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर घुससहित पक्राउ परेका छन् । इन्जिनियर कमल सिटौला, विश्वेश्वरप्रसाद साह, हरिप्रसाद चौधरीलाई आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले १५ लाख रुपैयाँ घुससहित बर्दियाको गेरुवा गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।

आयोगले सवारीचालक टंकप्रसाद ओझालाई समेत पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा सिँचाइ विभागका कार्यकारी निर्देशक र सिँचाइ मन्त्रालयका सचिवलाई बुझाउन भनेर पैसा गाडीमा राखेर ल्याएको चालकले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्