समाज

पाँच जना इन्जिनियर घुसरकमसहित अख्तियारको नियन्त्रणमा

हिमालय टिभी
२०७६ साउन ४ गते ११:५९
पाँच जना इन्जिनियर घुसरकमसहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पाँच जना इन्जिनियर पक्राउ गरेको छ ।

तीनजना इन्जिनियर १५ लाख रूपैयाँ घुससहित बर्दियामा र दुई जना इन्जिनियर १४ लाख ६८ हजार रूपैयाँ घुससहित भक्तपुरबाट पक्राउ परेका हुन् ।

कर्णाली नदी नियन्त्रण आयोजनाका इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई आयोगको कोहलपुरको टोलीले १५ लाख रूपैयाँ घुससहित एकसाथ पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार तीनैजनालाई बर्दियाको गेरुवा गाउँपालिकाबाट सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

त्यसैगरी शुक्रबार साँझ नै अख्तियारको टोलीले १४ लाख ६८ हजार रूपैयाँ घुससहित जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साहलाई पक्राउ गरेको हो ।

उनीहरुसँगै सवारी चालक सुमन खड्का पनि पक्राउ परेका छन् । असार मसान्त सकेर घुस रकमसहित काठमाडौँ आउँदै गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्