समाज

खोटाङमा लोकसेवाको प्रश्नपत्र च्यातियो

हिमालय टिभी
२०७६ साउन ४ गते ११:४४
खोटाङमा लोकसेवाको प्रश्नपत्र च्यातियो

खोटाङ । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले खोटाङमा प्रश्नपत्र च्यातेका छन् ।

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो ।

उनीहरुलाई नियन्त्रणमा लिएर परीक्षा सञ्चालन गरिएको छ । आयोगले आज बिहान ७ बजेदेखि प्रदेश १ का खोटाङ, धनकुटा र इलामका तीनवटा केन्द्रमा परीक्षा सञ्चालन गरेको हो ।

आदिवासी जनजाति कार्यकर्ताले जनकपुरमा पनि लोकसेवा आयोगको विज्ञापनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुरको शिवचोकमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री र आयोगका अध्यक्षको पुत्ला दहन गर्ने ३० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजोदेखि देशभर सुरु भएको परीक्षा साउनभर चल्नेछ । लोकसेवाको विज्ञापनमा आरक्षणको कोटा हटाएको भन्दै आदिवासी जनजाति महासंघले देशभर आन्दोलन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्