समाज

मध्यपहाडी लोकमार्ग निर्माण कार्य एक महिनाका लागि रोकियो

हिमालय टिभी
२०७६ साउन ४ गते ६:४८
मध्यपहाडी लोकमार्ग निर्माण कार्य एक महिनाका लागि रोकियो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतखण्डमा निर्माण काम एक महिनाका लागि रोकिएको छ ।

मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महिनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको जानकारी दिनुभयो । बर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि बढी हुने भएकाले काम रोकिएको उहाँको भनाई छ ।

यस्तै पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अन्तर्गत राँके—फिदिम सडकखण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ ।

राजमार्ग अन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ पांग्रेभीरमा पहिरो जानेक्रम नरोकिएकाले बैकल्पिक मार्ग भएर सडक सञ्चालन गर्ने तयारी गरिएको छ । गएको बुधबार राति वर्षाका कारण पांग्रेभीरमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्