आर्थिक

सिभिल बैंकले पायो आईएसओ गुणस्तर चिन्ह

हिमालय टिभी
२०७६ साउन २ गते ११:३१
सिभिल बैंकले पायो आईएसओ गुणस्तर चिन्ह

काठमाडौं । सिभिल बैंकले आइएसओ गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

बेलायतस्थित आईएसओ सर्टिफिर्केसनको आधिकारिक संस्था युनाइटेड रजिस्टार सिस्टमले बैंकलाई नाइन थाउजेन्ड वान टू थाउजेन्ड फिफ्टीन गुणस्तर चिन्ह प्रदान गरेको हो ।

यसका लागि ग्राहकको सन्तुष्टि, कर्मचारी संरचना, नेतृत्व क्षमता, कार्यसंचालन कुशलता लगायतका ७ वटा सेगमेन्टमा सुक्ष्म अडिट गरिएको थियो ।

विभिन्न तीन चरणमा ६ महिना लगाएर गरिएको अडिटपछि बैंकले आइएसओ मान्यता पाएको हो । एक अर्को प्रसङगमा बैंकका अध्यक्ष इच्छाराज तामाङले सरकारको नीति अनुरुप मर्जरलाई अन्तिम रुप दिन लागिएको जानकारी दिनुभयो ।

कुन बैंकसँग मर्ज हुँदैछ भन्ने विषयमा भने अध्यक्ष तामाङले केही खुलाउनुभएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *