समाज

मक्का जाने हजयात्रीहरुको मन्त्रीहरुबाट विदाइ

हिमालय टिभी
२०७६ साउन २ गते ७:३७
मक्का जाने हजयात्रीहरुको मन्त्रीहरुबाट विदाइ

काठमाडौं । ईस्लाम धर्ममा धन हुनेले जीवनमा एकपटक हज गर्नु अनिवार्य मानिन्छ । हज नगरे जीवनमा केही पनि धार्मिक कर्म नगरिएको भने बुझिन्छ। तर पैसा नहुनेलाई अनिवार्य छैन ।

हरेक वर्ष हज गर्न जाने नेपाली मुस्लिम समुदायको ओइरोनै लाग्छ । र, पहिलो चरणमा हज जानेलाई आफन्त मात्रै होइन, सरकारले समेत विदाइ गर्छ । यो पटक पनि हज गर्न जानेलाई विमानस्थलमा हार्दिक विदाई गरियो ।

पहिलो चरणमा बिहीबार १ सय ५६ जना मुस्लिम धर्मावलम्बी मक्कातिर लागे । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, दुबई, साउदी अरेबियाका राजदूत लगायतको टोलीले फूलमाला लगाएर उनीहरुलाई बिदाई गरे ।

मन्त्री मात्र नभई आफन्तले पनि उनीहरुको हार्दिक विदाई गरे । छुट्टनिुपर्दाको पीडा आफन्तका आँखामा देखिन्थ्यो । एक अर्कालाई अंकमाल गर्दा हज यात्री भुलवश भएका गल्ती र कमजोरीका लागि क्षमा दिन अनुरोध गर्दै थिए भने आफन्तजन सुरक्षित यात्राको कामना गरिरहेका थिए ।

किनभने हज गर्नु सजिलो मानिदैन, यसका लागि कष्ट बेहोर्नुपर्छ । अनेकौं समस्या आउँछन । लाखौंका बीचमा हज गर्नु सजिलो छैन । तैपनि हज जान होड हुन्छ ।

मक्का, मदिना ईस्लाम धर्मको सबैभन्दा ठूलो र पवित्र तीर्थस्थल हो । नेपाल सरकारले हरेक वर्ष हज यात्रीका लागि साउदी सरकारबाट निश्चित कोटा पाउँछ । यसपटक अहिलेसम्म १२ सय कोटा स्वीकृत भैसकेका छ भने तीन सय प्रक्रियामा छ ।

यसमध्ये १ सय ५६ जना हाजी मक्कामदिना उडे । पहिलो चरणमा हज जाने धेरै जसो पहाडी क्षेत्रका मुस्लिम छन । मक्कामदिनामा हज गर्न जान पाउँदा उनीहरु निकै खुशी छन ।

चरण–चरण गरी नेपाली मुस्लिम धर्मावलम्बी मक्का पुग्छन । र, यसमा नेपाल सरकारको चासो हुन्छ । र, यो संविधान अनुसार सबै धर्मलाइ सरकारले समान व्यवहार गर्छ भन्ने सन्देश हो ।

कोटा प्रणालीकै कारण धेरै नेपाली मुस्लिम हज गर्नबाट बञ्चित छन । र, यो गुनासो पटक पटक आइरहेको छ । र, साउदी सरकार समक्ष पनि यो गुनासो पुगेको छ । त्यसैले अर्को वर्षदेखि नेपाली मुस्लिमको चाहना पुरा गर्न साउदी सरकारले पहल गर्ने आश्वासन दिएको छ ।

हजका लागि विश्वभरिबाट मुसलमान मक्का जान्छन् । साउदी अरेबियामा हरेक वर्ष अगस्त महिनाको ८ तारिखदेखि हज सुरु हुन्छ । मक्का मदिनाबाट हज गरेर फर्किदा कम्तिमा डेढ महिना लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्