समाज

अज्ञात समूहद्वारा बुद्धमुर्ति तोडफोड

हिमालय टिभी
२०७६ साउन २ गते ७:२५
अज्ञात समूहद्वारा बुद्धमुर्ति तोडफोड

रुपन्देही । बुटवल-बेलहिया व्यापारिक मार्गको बिचमा रहेको ग्रीन बेल्टमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् ।

६ लेन सडकअन्तर्गत तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्ने शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा पाँचवटा बुद्धमूर्ति तोडफोड गरिएको अवस्थामा आज बिहान फेला परेका हुन् ।

मूर्ति कसले तोडफोड गरेको हो भन्ने खुलेको छैन । हिँजो साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति आज बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । तिलोत्तमा नगरपालिकाले सडकबीचको ग्रिनबेल्टमा तीनसय मिटर फरकमा बुद्ध मूर्ति राखेको छ । प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा भएको यस्तो घटनाले नकारात्मक असर पर्न सक्ने सरोकारवालाको चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्