आर्थिक

साझालाई विद्युतीय बस खरिद गर्न सरकारको तीन अर्ब सहयोग

हिमालय टिभी
२०७६ साउन २ गते ७:०१
साझालाई विद्युतीय बस खरिद गर्न सरकारको तीन अर्ब सहयोग

काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि तीन अर्ब रुपैयाँ दिने भएको छ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र साझा यातायात सहकारी संस्थाबीच आज सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ।

मन्त्राललयका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार साझा यातायातलाई विद्युतीय बस खरिदका लागि यो रकम दिन लागिएको हो। मन्त्रिपरिषदको बैठकले नै साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि रकम दिने निर्णय गरेको हो।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई विद्युतीय बस खरिद गरेर संचालन गर्ने जिम्मेवारी दिएको थियो। मन्त्रालयले अधिकार सम्पन्न यातायात प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने योजना बनाएको थियो। वैशाखबाट नै प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने भनिए पनि अहिलेसम्म संचालनमा आउन सकेको छैन्।

प्राधिकरण गठन प्रक्रिया नै सुरु नभएका कारण साझालाई नै तीन सय विद्युतीय बस खरिद गर्ने गरि जिम्मा दिन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *