समाज

नेपाललाई निरन्तर सहयोग गर्ने जर्मनीको प्रतिवद्धता

हिमालय टिभी
२०७६ साउन २ गते ६:५४
नेपाललाई निरन्तर सहयोग गर्ने जर्मनीको प्रतिवद्धता

काठमाडौं । जर्मनीले नेपाललाई निरन्तर रुपमा विकास सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएको छ।

नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा रहेका जर्मनीका परराष्ट्र मन्त्रालयमा दक्षिण एशिया मामिला हेर्ने आयुक्त मार्कुस पोटजेलले नेपालको संविधानको मर्म र भावनानुसार आधारभूत मानवाधिकार सुनिश्चित गर्न भएका प्रयासको प्रशंसा पनि गरेका छन्।

तीनवटै तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्वका साथ सङ्घीय लोकतान्त्रिक शासनप्रणाली अंगालेको नेपालसँग उच्चस्तरीय राजनीतिक परामर्श गर्दै विकासमा सहयोगी बन्न जर्मन तयार रहेको पनि पोटजेलले बताए ।

नेपालसँगको राजनीतिक संवाद र सम्बन्धलाई स्तरोन्नति गर्ने बर्लिनको चाहनाअनुरूप नेपाल आएको बताउँदै पोटजेलले पुरानो मैत्री र साझेदारीपूर्ण सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइ दिन चाहेको बताए।

नेपाल र जर्मनीले जलवायु परिवर्तनका प्रतिकूल असरहरु घटाउन तथा हरितगृह ग्यास उत्सजर्नको मात्रालाई पनि बढोत्तरी हुन नदिने समान दृष्टिकोण र अडानका साथ अन्तर्राष्ट्रिय मञ्चहरूमा साझेदारी एवं सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्