आर्थिक

मकवानपुरका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द

हिमालय टिभी
२०७६ साउन १ गते १२:३४
मकवानपुरका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द

काठमाडौं । प्रशासनले मकवानपुरमा सञ्चालनमा रहेका सबै क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र आजबाट बन्द गराएको छ ।

कुनै पनि उद्योगले मापदण्ड पुरा नगरेको भन्दै जिल्ला समन्वय समितिको बैठकले करिव ५० वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको हो ।

कानुन अनुसार ननी सिमाना, हाइटेन्सन लाइन, राजमार्ग, शिक्षण संस्था, सुरक्षा निकाय, निकुञ्ज, घनाबस्ती लगायतका स्थानबाट निश्चित दुरीमा मात्र यस्ता उद्योग राख्न पाइन्छ ।

मकवानपुरमा हाल सञ्चालनमा रहेका कुनैपनि क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रले मापदण्ड पूरा नगरेको समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

समन्वय समितिको बैठकले मकवानपुरको चुरे क्षेत्रमा अर्को व्यवस्था नभएसम्म उत्खनन् तथा ठेक्का समेत नलगाउने निर्णय गरेको छ ।

समितिले मापदण्ड विपरीत ननीजन्य पदार्थ उत्खनन् गर्ने मोतिदान कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई ७३ लाख १३ हजार रुपैयाँ जरिवाना तिर्न पत्र काटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *