चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पुनः दरखास्त आह्वान

हिमालय टिभी
२०७६ साउन १ गते ६:५१
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पुनः दरखास्त आह्वान

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पुनः दरखास्त आह्वान गरेको छ।

यसअघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त मागेको आयोगले आवेदन परेका छ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त मागेको हो।

आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त परेकामध्ये योग्यता पुगेको पुष्टि भएका कागजात नभएको ठहर गरेपछि पुनः दरखास्त आह्वान गरिएको हो ।

नयाँ सूचनामा साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरी दरखास्त दिन सकिने जनाइएको छ। आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

यसअघि ६१ वर्ष मुनिका व्यक्तिले मात्र दरखास्त दिन पाउने भनिएको थियो । उपाध्यक्षका लागि आवेदन दिनेले विभिन्न १५ प्रकारका कागजपत्रहरु पेश गर्नुपर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *