समाज

शुक्रबारबाट सक्रिय मनसुन आजदेखि कमजोर

हिमालय टिभी
२०७६ साउन १ गते ६:४४
शुक्रबारबाट सक्रिय मनसुन आजदेखि कमजोर

काठमाडौं । शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजदेखि कमजोर हुँदै गएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ ।

मनसुन भदौसम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर रहने श्रेष्ठले बताउनुभयो ।

तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । साथै, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *