आर्थिक

लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था

हिमालय टिभी
२०७६ असार ३० गते १२:२३
लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ ।

बोर्डले सोमबार काठमाडौंमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गर्ने उल्लेख छ ।

लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर प्रावधान राखेर अघि बढने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिनु भयो ।

त्यसैगरी बोर्डले गत आर्थिक वर्षबाट सुरु भएको ‘एक नेपालीः एक डिम्याट खाता’ सम्बन्धि नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ । बोर्डका अध्यक्ष कार्कीले ५० करोड वा सो भन्दा माथिका र एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तरगत धितोपत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको व्यवस्था गर्ने पनि जनाएको छ ।

पूँजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्धारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने पनि बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *